कोलम्बियामा ५२ मानवअधिकार कार्यकर्ता र समुदायका नेताको हत्या

डिसी नेपाल
१४ वैशाख २०७९ १०:५१
128
Shares

बोगोटा। यस वर्षको पहिलो तीन महिनामा कोलम्बियामा मानवअधिकार कार्यकर्ता र समुदायका नेताहरू गरी कुल ५२ जनाको हत्या भएको छ। यो गत वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो । गत वर्ष १४५ जना मानवअधिकार कार्यकर्ता र समुदायका नेताको हत्या भएको थियो।

कोलम्बियाको मानवअधिकार समूह ओम्बड्सम्यानका अनुसार अधिकांश योजनाबद्ध ढंगले मारिएका हुन्। उनीहरू लागूपदार्थको तस्करी गर्ने गिरोहलगायत अवैध सशस्त्र समूहहरूविरुद्धमा थिए।

अनुगमनकर्ताहरूका अनुसार अधिकारबादीहरूका लागि कोलम्बिया विश्वको सबैभन्दा खतरनाकमध्ये एक हो। कोलम्बियाली अखबार एल टिम्पोलका अनुसार मारिनेमध्ये २८ जना भूमि अधिकार र सामुदायिक अधिकारकर्मीहरू, ९ आदिवासी कार्यकर्ता र चार कृषि कार्यकर्ताहरू छन्। पीडितमध्ये ४८ जना पुरुष र ४ जना महिला छन्।

मारिनेमध्ये १४ वर्षीय किशोर पनि छन, जसको हत्याले देश नै स्तब्ध बनेको थियो। आदिवासी कार्यकर्ता ब्रेनर डेभिड कुकुनेमलाई जनवरीमा आदिवासी भूमिको रक्षा गर्न खोज्ने निशस्त्र समूहसँग गस्तीमा रहेको बेला गोली हानी मारिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *