अमेरिकाले सुरक्षा परिषदमा भिटोसम्बन्धी महत्वपूर्ण प्रस्ताव पारित गर्‍यो, जान्नुहोस् यसमा के छ ?

डिसी नेपाल
१४ वैशाख २०७९ १३:१४
1.3k
Shares

काठमाडौं । मंगलबार संयुक्त राष्ट्र संघको महासभाले संयुक्त राज्य अमेरिकाको समर्थन रहेको प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । यो प्रस्ताव सुरक्षा परिषदमा भिटोको बारेमा हो। संयुक्त राष्ट्रका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले ट्वीट गर्दै यो जानकारी दिएकी हुन् । उनले अबदेखि सुरक्षा परिषद्को कुनै पनि प्रस्तावमाथि भिटो लागेमा राष्ट्रसंघको महासभाको बैठक स्वतः बोलाइने बताइन् ।

संयुक्त राष्ट्र संघको महासभाका वर्तमान अध्यक्ष अब्दुल्लाह शाहिदले पनि ट्वीट गर्दै यसबारे जानकारी दिएका छन् । सुरक्षा परिषदमा भिटो भएमा महासभाको बैठक बोलाइने प्रावधान रहेको प्रस्ताव संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेको उनले बताए । उनले लिक्टेनस्टाइनको यो प्रस्तावलाई ८३ सदस्य राष्ट्रको समर्थन रहेको र सर्वसम्मतिले पारित भएको बताए ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा अमेरिकाबाहेक बेलायत, रुस, फ्रान्स र चीनसँग भिटो शक्ति छ । यी देशहरूले सुरक्षा परिषदको कुनै पनि प्रस्तावलाई भिटो गर्न सक्छन्। तर, प्रस्ताव पारित भएपछि अब यो विषय महासभामा जानेछ, जहाँ सदस्य राष्ट्रले छलफल गरेर आफ्नो राय दिन सक्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *