आणविक युद्ध र तेस्रो विश्वयुद्धको धम्कीमा उत्रियो रुस, यी २ देशको कदमले युद्ध भड्काउन सक्ने
काठमाडौं । रुस–युक्रेन युद्धको ६० दिन पूरा भइसकेको छ तर अहिलेसम्म पनि शान्ति वा युद्ध अन्त्यको कुनै उपाय भेटिएको छैन । रुसले लगातार आणविक युद्ध र तेस्रो विश्वयुद्धको धम्की दिइरहेको छ र यी चेतावनीहरू वास्तविक भएको पनि भन्दै आएको छ। यसैबीच दुई देशले आगोमा घिउ बन्न सक्ने खालका कदम चाल्न लागेका छन् ।
रिपोर्टका अनुसार युरोपेली देश फिनल्याण्ड र स्वीडेनले मे महिनामा नेटोमा सामेल हुने प्रक्रिया सुरु गर्न सक्नेछन् । मेमा दुबैले नेटो सदस्यताको लागि आवेदन दिन सक्छन्। युक्रेनले पनि नेटोमा सामेल हुने इच्छा व्यक्त गरेको थियो र यसका कारण रुसले त्यहाँ आक्रमण गरेको छ ।
जानकारीका अनुसार स्वीडेनकी प्रधानमन्त्री माग्डालेना एन्डरसन र फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनबीच यस विषयमा कुराकानी भएको छ । दुवैले मे महिनामा नेटोमा सामेल हुने इच्छा व्यक्त गरेका छन्।
दुवै देशका प्रधानमन्त्रीबीच अब मे १६ मा भेटवार्ता हुँदैछ । दुवै देशले अहिलेसम्म सैन्य तटस्थता कायम राखेका थिए। तर युक्रेनमा रुसको ‘विशेष सैन्य कारबाही’ पछि राष्ट्रको सुरक्षाका लागि उनीहरुसामु योभन्दा राम्रो विकल्प के छ भन्ने प्रश्न दुवैको अगाडि छ ।
युद्धको बीचमा रुसी विदेशमन्त्री सर्गेई लाभरोभले चेतावनी दिएका छन् । संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेर्रेसको रुस भ्रमणअघि सर्गेई लाभरोभले युक्रेनसँग शान्ति वार्ता जारी रहे पनि तेस्रो विश्वयुद्धको खतरा वास्तविक रहेको बताएका छन् । लाभरोभले युक्रेनी राष्ट्रपति जेलेन्स्की राम्रो अभिनेता भएको र उनले समाधान खोज्ने नाटक गरिरहेको पनि बताए ।
सर्गेई लाभरोभले आणविक युद्धको खतरा वास्तविक रहेको र यसलाई कम आँकलन गर्न नहुने बताए । लाभरोभले पहिले नै भनेका छन् कि यदि तेस्रो विश्वयुद्ध भयो भने परमाणु हतियारहरू यसमा संलग्न हुनेछन् र यो पहिले भन्दा धेरै डरलाग्दो हुनेछ।
अहिलेसम्म युक्रेनले रुसलाई युद्धमा कडा टक्कर दिइरहेको देखिन्छ । युक्रेनका अनुसार युक्रेनी सेनाले हजारौं रुसी सैनिकलाई मारेको छ । यति मात्र होइन ९१८ ट्याङ्क, ४१६ तोप, १४९ रकेट लन्चर सिस्टम, १५४ हेलिकप्टर, १८४ विमान आदि पनि नष्ट भएको दाबी गरिएको छ ।







डिसी नेपाल







Facebook Comment