रूस र युक्रेनको ४५ वर्षको मित्रताको प्रतीक ध्वस्त, युक्रेनीले सोभियत स्मारक भत्काइदिए
काठमाडौं । रुस–युक्रेन युद्ध भएको दुई महिनाभन्दा बढी भइसकेको छ । यी दुई महिनाले दुई देशबीच यति धेरै दुरी बढाएको छ कि युक्रेनी नागरिकहरू अब रुससँग सम्बन्धित ऐतिहासिक चीजहरू आफूसँग राख्न चाहँदैनन्। जसका कारण राजधानी कीभमा रहेको रुस र युक्रेनको मित्रताको प्रतीक सोभियत स्मारक भत्काइएको छ ।
रुसले २४ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेपछि धेरै युक्रेनी सहरहरू भग्नावशेषमा परिणत भएका छन् । आज यी दुई देश सबैभन्दा ठूला शत्रु जस्तो देखिए पनि एक समय यस्तो थियो जतिबेला यी दुईले मिलेर ४५ वर्षसम्म अमेरिकी कूटनीतिको सामना गरेका थिए ।
दोस्रो विश्वयुद्धको अन्त्यपछि सन् १९४७ मा विश्व पुँजीवादी र कम्युनिस्ट गरी दुई भागमा विभाजित भयो । अमेरिकाले पुँजीवादको नेतृत्व गरिरहेको बेला साम्यवादको कमाण्ड सोभियत संघको हातमा थियो । यससँगै दुई गुटबीच एक प्रकारको अघोषित युद्ध सुरु भयो, जसलाई शीतयुद्ध भनिन्छ ।
यस शीतयुद्धमा अमेरिकाका मुख्य सहयोगी फ्रान्स, बेलायत र पश्चिम जर्मनी थिए । सोभियत संघमा रुस, युक्रेन, हंगेरी र पूर्वी जर्मनीको प्रभुत्व थियो । ४५ वर्षको यो शीतयुद्धमा रुस र युक्रेनले राजनीतिक, सैन्य र सांस्कृतिक रूपमा धेरै महत्वपूर्ण साझेदारी गरेका थिए ।
सन् १९९२ मा सोभियत संघ टुटेपछि रुस र युक्रेनबीचको सम्बन्धमा तिक्तता आउन थाल्यो । सन् २०२२ सम्ममा यो तिक्तता यति बढ्यो कि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमण गरे । पछिल्ला दुई महिनादेखि दुई देशबीच जारी युद्धमा हजारौंले ज्यान गुमाएका छन् भने लाखौं मानिस पलायन हुन बाध्य भएका छन् ।







डिसी नेपाल







Facebook Comment