भिल्लारियलविरुद्ध लिभरपुललाई पहिलो लेगमा अग्रता

डिसी नेपाल
१५ वैशाख २०७९ ६:५३
84
Shares

काठमाडौं। यूइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा लिभरपुलले भिल्लारियलाई २-० अन्तरले पराजित गरेको छ। बुधबार राति घरेलु मैदान एनफिल्डमा जित निकाल्ने क्रममा लिभरपुलले सुरुआती गोल उपहार पायो, भने दोस्रो गोल साडियो मानेले गरे।

घरेलु मैदानको सहज जितसँगै लिभरपुल फ्रान्स राजधानी पेरिसमा हुने फाइनल नजिक छ। अब दोस्रो लेग भिल्लारियलको मैदानमा हुनेछ। जुन खेलमा लिभरपुललाई बराबर काफी हुनेछ। भिल्लारियलको बलियो डिफेन्स बीच पहिलो हाफमा कुनै गोल निस्कन सकेन । खेलको ५३औँ मिनेटमा पर्भिस स्तुपिनानले आफ्नै पोस्टमा गोल गर्दा लिभरपुलले अग्रता बनायो।

पहिलो गोल भएको दुई मिनेट पछि नै साडियो मानेले मोहम्मद सलाहको पासमा दोस्रो गोल गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *