एलन मस्कले ट्विटर किनेपछि आज फेरि नयाँ ट्विट गरेर सबैलाई झस्काए
काठमाडौं । माइक्रोब्लगिङ साइट ट्वीटर किनेर अन्तर्राष्ट्रिय बजारमा सनसनी पैदा गरेका एलन मस्कले आज आफ्नो नयाँ ट्वीटले फेरि सबैलाई चकित पारेका छन् । टेस्लाका सीईओ मस्कले चाँडै नै कोका-कोला किन्न लागेको बताएका छन् ताकि उसले यसमा फेरि ‘कोकिन मिसाउन’ सकुन् । तर, एलन मस्कको यो ट्वीटबाट केही स्पष्ट भएको छैन ।
Next I’m buying Coca-Cola to put the cocaine back in
— Elon Musk (@elonmusk) April 28, 2022
एलन मस्कले ट्वीट गरे, “अब म कोका-कोला किन्न जाँदैछु ताकि त्यसमा फेरि कोकिन मिसाउन सकुँ।” त्यसको केही समयपछि मस्कले अर्को ट्वीट गरे । यसमा उनले आफ्नै ट्विटर ह्यान्डलबाट एउटा ट्विटको स्क्रिनसट सेयर गरेका छन्, जसमा लेखिएको छ, ‘अब म म्याकडोनाल्ड्स किन्छु र सबै आइसक्रिम मेसिनहरू ठिक गर्नेछु ।’ स्क्रिनसटसँगै मस्कले लेखे, “सुन्नुहोस्, म चमत्कार गर्न सक्दिन। ठीक छ।”
Listen, I can’t do miracles ok pic.twitter.com/z7dvLMUXy8
— Elon Musk (@elonmusk) April 28, 2022
यी दुई ट्वीटको बीचमा मस्कले अर्को ट्वीट गरे जसमा उनले ट्विटरलाई सकेसम्म रमाइलो बनाउन भनेका छन् । एलन मस्कले यस हप्ता ट्विटरलाई ४४ बिलियन डलरमा किनेका थिए। मस्कले दुई साता अघि ट्वीटरमा “अत्यन्त सम्भावना” रहेको र त्यसलाई आफूले अनलक गर्ने बताएका थिए । यस सम्झौतासँगै, सार्वजनिक रूपमा ट्रेड गरिएको फर्म ट्विटर अब मस्कको स्वामित्वमा रहेको निजी कम्पनी हुनेछ।
Let’s make Twitter maximum fun!
— Elon Musk (@elonmusk) April 28, 2022
ट्विटरले कम्पनीको प्रति सेयर मूल्य ५४.२० डलर रहेको ह’ग कुल ४४ अर्ब डलर हुने जनाएको छ । फर्मले अब सेयरधनीहरूलाई सम्झौता अनुमोदन गर्न मतदान गर्न आग्रह गर्ने बताएको छ। बुधबार एक ट्विटमार्फत मस्कले ट्वीटरमा केही परिवर्तनको पनि संकेत गरेका छन् । उनले ट्वीटरमा आएका प्रत्यक्ष सन्देशहरू सिग्नल एप जस्तै एन्ड-टु-इन्ड इन्क्रिप्टेड हुनुपर्ने लेखेका छन्, जसले गर्दा कसैले म्यासेज ह्याक गर्न नसकोस्।
Twitter DMs should have end to end encryption like Signal, so no one can spy on or hack your messages
— Elon Musk (@elonmusk) April 28, 2022
फोर्ब्स पत्रिकाका अनुसार एलन मस्क विश्वको सबैभन्दा धनी व्यक्ति हुन् । उनको कुल सम्पत्ति २७३.६ बिलियन डलर छ। उनको धेरै सम्पत्ति इलेक्ट्रिक वाहन निर्माता टेस्लामा उनको हिस्सेदारीको कारण हो। उनीसँग एयरोस्पेस फर्म स्पेसएक्सको पनि स्वामित्व छ।
यद्यपि, मस्कको मुखरताले उनलाई कहिलेकाहीँ समस्यामा पनि पारेको छ। यसको उदाहरण यो हो कि अमेरिकी सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसनले उनलाई टेस्लाको मामिलाको बारेमा ट्वीट गर्न प्रतिबन्ध लगाएको थियो किनभने उनको एउटा ट्वीटले टेस्लाको स्टकमा १४ बिलियन डलर नोक्सान पुर्यायो।
कुनै समय कोकाकोला सुनेर मानिसहरूले कोका भनेको यसमा कोकेन मिसाइएको जसका कारण मानिसहरुलाई यसको लत लाग्न सक्छ भन्ने ठान्थे । यद्यपि सत्य यो थियो कि यसमा कोका पातको रस मिसाइएको थियो।
वास्तवमा, कोका कोला नामको पेय अमेरिकाको एटलान्टा सहरका केमिस्ट जोन पेम्बर्टनले आविष्कार गरेका थिए। अमेरिकी गृहयुद्धमा घाइते भएका पेम्बर्टनलाई मोर्फिनको लत लागेको थियो। यसबाट छुटकारा पाउन पेम्बर्टनले कोका पातको जुस रक्सीमा मिसाएर पिउन थाले। यो उनलाई मन पर्यो र उनले बेच्न पनि थाले ।
रक्सीमा कोका पातको जुस मिसाउनुको कारण यो पनि थियो कि एटलान्टा सरकारले त्यहाँ रक्सी निषेधको कडा कानुन लागू गराएको थियो । यसबाट बच्न, पेम्बर्टनले यो नयाँ रेसिपी तयार पारेका थिए। वास्तवमा, कोका-कोलामा पहिलो शब्द अर्थात् कोका भनेको यसमा मिसाइने कोकाको पातको रसको कारण हो।







डिसी नेपाल







Facebook Comment