सव-इन्जिनियरको जागिर छाडेर वडा अध्यक्षको उम्मेदवार

डिसी नेपाल
१५ वैशाख २०७९ १८:४८
104
Shares

अछाम । ३० वैशाखमा हुने निर्वाचनका लागि अछामको पञ्चदेवल विनायक नगरपालिकाका एक जना सव-इन्जिनियरको जागिर छाडेर वडा अध्यक्षको उम्मेदवार बनेका छन् । सव–इन्जिनियरको जागिर छाडेर ३४ वर्षीया कमल रावल अछामको पञ्चदेवल विनायक नगरपालिका–६ मा वडा अध्यक्षको उम्मेदवार बनेका हुन् ।

लामो सयमदेखि सरकारी तथा गैरसरकारी कार्यालयमा सव-इन्जिनियरका रुपमा कार्यरत रहेका रावल नेपाली कांग्रेसबाट पञ्चदेव विनायक नगरपालिका–६ तोलीको उम्मेदवार बनेका हुन् । रावल डेढ वर्षदेखि अछाम पञ्चदेवल विनायक नगरपालिकामा सव-इन्जिनियरका रुपमा कार्यरत रहेका थिए ।

सरकारी सेवाबाट भन्दा आफूले राजनीतिक रुपमा नागरिकको सेवा गर्नका लागि सव-इन्जिनियरको जागिर त्यागेर वडा अध्यक्षमा उम्मेदवारी दिएको रावलले बताए । ‘सरकारी सेवा भनेको नितान्त व्यक्ति रुपमा काम गर्ने पेसा हो । त्यो पेसा छाडेर मलाई राजनीतिकबाट नागरिकको सेवा गर्न इच्छा भएका कारणले सरकारी सेवा छोडेको हुँ,’ उनले भने, ‘अबका दिनमा जनप्रतिनिधि भएर समाजसेवा गर्ने इच्छा भएका कारणले नागरिकसँग जोडिनका लागि राजनीतिमा आएको हुँ ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *