ब्याडमिन्टन एसियन गेमका लागि खेलाडी छनौट सुरु

डिसी नेपाल
१५ वैशाख २०७९ २१:०१
44
Shares

काठमाडौं । नेपाल ब्याडमिन्टन संघले १९औं एसियन गेमका लागि बिहीबारबाट खेलाडी छनौट सुरु गरेको छ ।

ललितपुरको रिभाईभ लिजर पार्कस्थित ब्याडमिन्टन कोर्टमा सुरु गरिएको छनौट खेलमा उच्च १० वरीयतामा रहेका पुरुष तथा महिला खेलाडीहरूका बीच प्रतिस्पर्धा हुने संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराए ।

तीन दिन सम्म सञ्चालन हुने प्रतिस्पर्धा लिगका आधारमा खेलाइने समेत अध्यक्ष श्रेष्ठले जनाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *