आईपीएलमा दिल्लीले कोलकातालाई हरायो

डिसी नेपाल
१६ वैशाख २०७९ ६:४६
40
Shares

काठमाडौं। कोलकाता नाइट राइडर्सलाई ४ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा दिल्ली क्यापिटल्सले चौथो जित निकालेको छ।

बिहीबार राति कोलकाताले दिएको १४७ रनको लक्ष्य दिल्लीले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍याे। दिल्लीको जितमा डेभिड वार्नरले सर्वाधिक ४२ रन जोडे। रोभम्यान पावेलले ३३ रनको योगदान गरे। कोलकाताका उमेश यादवले ३ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएकाे थियाे। कोलकाताका नितिश रानाले सर्वाधिक ५७ रन बनाए । कप्तान श्रेयस एयरले ४२ रनको योगदान गरे।

दिल्लीका कुलदीप यादवले ४ र मुस्ताफिजुर रहमानले ३ विकेट लिए। जितसँगै दिल्ली ८ खेलमा ८ अंक जोडेर छैटौं स्थानमा छ। कोलकाता ९ खेलमा ६ अंक जोडेर आठौं स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *