आइतबारदेखि गठबन्धन दलको संयुक्त चुनावी सभा

डिसी नेपाल
१६ वैशाख २०७९ ८:१७
44
Shares

काठमाडौं। पाँच दलीय गठबन्धनले आइतबारदेखि सातै प्रदेशको राजधानीमा संयुक्त चुनावी सभा गर्दै छ। चुनावी सभालाई गठबन्धन दलका प्रमुख नेता र निर्वाचन तयारी तथा अनुगमन समिति संयोजक गरी ६ जनाले सम्बोधन गर्ने भएका छन्।

संयुक्त चुनावी सभा आइतबार (१८ वैशाखमा) सुदूरपश्चिम प्रदेशको धनगढी र कर्णाली प्रदेशको सुर्खेतमा हुनेछ। सोमबार (१९ वैशाखमा) लुम्बिनी प्रदेशको बुटवल र गण्डकी प्रदेशको कास्कीमा तथा मंगलबार (२० वैशाखमा) प्रदेश १ को विराटनगर र मधेस प्रदेशको जनकपुरमा चुनावी सभा हुने भएको छ।

बुधबार (२१ वैशाखमा) भने संघीय राजधानीसमेत रहेको बाग्मती प्रदेशको काठमाडौंमा संयुक्त चुनावी सभा हुने भएको हो। यही ८ वैशाखमा बसेको स्थानीय निर्वाचनका लागि गठबन्धन दलहरूको आन्तरिक तयारी तथा अनुगमन गर्ने संयुन्त्रको बैठकले संयुक्त चुनावी सभाको कार्यतालिका तय गरेको थियो।

गठबन्धन दलहरूले अधिकांश ठाउँमा निर्वाचनमा तालमेल गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.