चुनावी प्रतिस्पर्धाको संस्कृतिबारे बहस गर्दै सांस्कृतिक संघ

डिसी नेपाल
१६ वैशाख २०७९ १०:२०
32
Shares

काठमाडौं।नेपाली कांग्रेसको भातृ संगठन नेपाल सांस्कृतिक संघले ‘चुनावी प्रतिस्पर्धामा कस्तो संस्कृति’ विषयक विचार गोष्ठी आयोजना गर्दै छ ।गोष्ठी आज अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ । गोष्ठीलाई महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता गुरुराज घिमिरेले सम्बोधन गर्नेछन् ।

स्थानीय तह निर्वाचनको संघारमा संघले चुनावी प्रतिस्पर्धाको संस्कृतिबारे बहस गर्न लागेको हो ।संघका महामन्त्री शिवशंकर प्रसाद रिजालले गोष्ठीमै संघले तयार गरेको चुनावी गीत र प्रचारप्रसारको श्रब्यदृश्य सामग्रीसमेत सार्वजनिक गरिने जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.