युक्रेनले भन्यो – ‘हामीले परमाणु हतियार समेत त्याग्यौं तर नेटोले…’
काठमाडौं । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले विश्व शान्तिका लागि युक्रेनले आणविक हतियार समेत त्यागेको बताएका छन् । युक्रेनले त्यसबेलादेखि नै नेटोको ढोका ढकढकाउँदै आएको तर नेटोको ढोका कहिल्यै नखुलेको कुलेबाले बताए ।
युक्रेनका विदेशमन्त्रीले ट्वीट गर्दै रुसको आक्रमण सुरक्षाको अभावका कारण भएको लेखेका छन् । उनले भने- विश्वले युक्रेनको सुरक्षाको चिन्ता गर्नुपर्छ। कुलेवाले भने– हामी देशहरूसँग अपिल गर्न चाहन्छौं कि उनीहरू हामिलाई कस्तो सुरक्षा ग्यारेन्टी दिन तयार छन् ?
रुसको सैन्य कारबाही पछाडिको कारण हतियारको असन्तुलन समेत रहेको विज्ञहरू विश्वास गर्छन्। तर, पश्चिमी देशहरूले युक्रेनलाई हतियारको खुलेर सहयोग गरिरहेका छन् । जवाफमा रुसी नेताहरूले धेरै पटक आणविक युद्धको चेतावनी दिएका छन्।
रुसका विदेशमन्त्री सर्गेइ लाभरोभले विगतमा आणविक युद्धको खतरा समाप्त नभएको बताएका थिए । रुसी राष्ट्रपति पुटिनले भर्खरै युक्रेनको मामिलामा कसैले हस्तक्षेप गर्न खोजे रुसले उनीहरु विरुद्ध तुरुन्त कारबाही गर्ने चेतावनी दिएका छन् ।







डिसी नेपाल







Facebook Comment