गठबन्धनमा कांग्रेसले इमान्दारिता देखाएनः कुँवर

डिसी नेपाल
१७ वैशाख २०७९ ६:३०
120
Shares

अछाम। नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा सुदुरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष शेरबहादुर कुँवरले सत्तारुढ गठबन्धनमा कांग्रसले इमान्दारिता नदेखाएको आरोप लगाएका छन्।

कुँवरले आसन्न स्थानीय तहको निर्वाचनका लागि गठबन्धनमा समाजवादी पार्टी हदैसम्मको लचकता अपनाए पनि कांग्रेसले ईमान्दारिता नदेखाएका कारण तालमेल हुन नसके बताए।

कांग्रेस चेन अफ कमाण्डमा नचल्दा समाजवादी र माओवादी पार्टीले आ–आफ्नै हिसाबले उम्मेदारी दर्ता गरेको उनले बताए । गठबन्धन भनेको लिने र दिने भए पनि कांग्रेसले त्यसलाई स्वीकार गर्न नसक्र्दा अछाममा त्यसको असर परेको उनको भनाई छ । उनले आफू पार्टीको नीति र विचारमा अघि बढ्ने बताए।

अछाममा सत्तारुढ दलबीच पालिकाको सिट भागबण्डा नमिलेपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी आ–आफ्नै हिसाबले चुनाव अभियानमा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.