७६ जिल्लाका लागि मतपत्र छापियो

डिसी नेपाल
१७ वैशाख २०७९ १०:४७
48
Shares

काठमाडौं।निर्वाचन आयोगलले भक्तपुर जिल्लासहित ६ वटा महानगरपालिकाबाहेक अन्य ७६ जिल्लाका लागि मतपत्र छपाई सम्पन्न गरिसकेको छ ।४३ वटा जिल्लामा मतपत्र ढुवानीसमेत गरिसकेको आयोगले जनाएको छ । आयोगका अनुसार ७६ लाख ७३ हजार मतपत्र सबन्धित जिल्लामा ढुवानीसमेत गर्न भ्याईसकेको छ ।

काठमाडौंवाट लामो दूरीमा रहेका जिल्लालाई प्राथमिकता दिएर उक्त मतपत्रहरु बिभिन्न जिल्लामा पठाउँदा मनाङ र मुस्ताङमा भने हेलिकोप्टरमार्फत पुर्‍याईएको छ । ४३ जिल्लाका लागि गत १३ वैशाखदेखि नै मतपत्र छपाई सम्पन्न गरी विभिन्न जिल्लामा पठाईएको प्रवक्ता शालिग्राम तिवारीले जानकारी दिएका छन ।हालसम्म १ करोड ८० लाख ४५ हजार मतपत्र छपाईको काम सम्पन्न गरेको आयोगले जानकारी दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.