सन् २०२१ मा युरोप जाने क्रममा भूमध्यसागरमा ३ हजारभन्दा बढीको मृत्यु

डिसी नेपाल
१८ वैशाख २०७९ ६:२६
244
Shares

जेनेभा। गत वर्ष युरोप जाने क्रममा भूमध्यसागर र एट्लान्टिकमा ३,००० भन्दा बढी व्यक्तिको मृत्यु वा बेपत्ता भएका संयुक्त राष्ट्रसंघले जनाएको छ। यो संख्या सन् २०२० को तुलनामा दोब्बर हो।

गत वर्ष भूमध्यसागर र एट्लान्टिक मार्गहरू पार गर्ने क्रममा ३ हजार ७७ जना हराएका थिए। जवकी सन् २०२० मा यो संख्या १५४४ थियो।

यस वर्षको सुरुदेखि अहिलेसम्म थप ४७८ व्यक्तिहरूको समुद्रमा मृत्यु भएको वा बेपत्ता भएका शरणार्थीहरुका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)का प्रवक्ता साबिया मन्टुले जेनेभामा पत्रकारहरूलाई जानाकारी दिए।

राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरको पछिल्लो प्रतिवेदनले शरणार्थी र युरोप पुग्न खोज्ने अन्य आप्रवासीहरूबीच बढ्दो मृत्युलाई रोक्न तत्काल कदम चाल्न माग गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *