स्थानीय निर्वाचनका लागि बाँके र बर्दियाको सीमा नाका ७२ घण्टा बन्द हुने

डिसी नेपाल
१८ वैशाख २०७९ ११:३३
40
Shares

नेपालगञ्ज। ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनअघि बाँके र बर्दियाको नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द हुने द्विपक्षीय सहमति भएको छ।

नेपाल-भारत खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनअघि ७२ घण्टासम्म सीमा नाका बन्द गर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले जानकारी दिए।

सीमा क्षेत्रको दशगजा क्षेत्रमा कडाई गर्नुका साथै दुई देशका सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गर्ने र ४८ घण्टाअघि दुई देशका सीमा क्षेत्रमा मदिराकाे बेचविखन र सेवनमासमेत रोक लगाउने निर्णय भएको प्रजिअ खत्रीले बताए।

बाँकेका प्रजिअ खत्री, बर्दियाका प्रजिअ बन्धुप्रसाद बास्तोला, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र भारततर्फ बहराइच र श्रावस्तीका सीमा सुरक्षा बलसहित दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले जंगली जनावरको अवैध पैठारी, काठ तस्करी, लागूऔषधको कारोवार, मानव बेचविखनलगायका विषयमा छलफल गरेको थियो।

जमुनाह र रुपैडिया नाकामा दुुवै देशका सुरक्षाकर्मीले आवागमनमा सुरक्षा जाँचलाई कडाई गरेको र सुरक्षाकर्मीले सयुक्त सुरक्षा गस्तीसमेत गरेका छन्। बाँके जिल्लासँग भारतको सीमा जोडिएको क्षेत्र ६५ किलोमिटर पर्छ भने बर्दियाको ८२ किलोमिटर पर्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *