उदयपुरमा एमाले र माओवादीबाट एक/एक सदस्य निर्विरोध

डिसी नेपाल
१८ वैशाख २०७९ २२:१७
36
Shares

उदयपुर । उदयपुरमा दुई दलित महिला सदस्य निर्विरोध भएका छन् । लिम्चुङ गाउँपालिकामा गठबन्धनको तर्फबाट लिम्चुङबुङ गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएकी दलित महिला सदस्य देवकुमारी कार्की निर्विरोध निर्वाचित भएकाे निर्वाचन अधिकृत तुलाराज सुनुवारले जानकारी दिए ।

त्यसैगरी रौतामाई गाउँपालिका वडा नम्बर १ की दलित महिला सदस्य नेकपा एमालेबाट फुल माया विक (दियाली) निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत सुवासकुमार भट्टराईले स्थानीय तह निर्वाचन सञ्चालन नियमावलीको नियम १३ को उपनियम (१) अन्तरगत दलित महिला सदस्य निर्वाचित भएको जानकारी दिए । उदयपुरमा ३ सय ९१ पद मध्ये दुई पद निर्विरोध भएका हुन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *