बर्दिया ठाकुरबाबाका मेयर उम्मेदवार श्रेष्ठलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

डिसी नेपाल
२३ वैशाख २०७९ ०:४२
1.6k
Shares

काठमाडौं । दुर्घटनामा परी घाइते भएका ठाकुरबाबा नगरपालिकाका मेयर उम्मेदवार घन नारायण श्रेष्ठलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । बिहीबार  करिब १२ः४० बजेको समयमा श्रेष्ठ दुर्घटनामा परेका थिए ।

जिल्ला प्रहरी कार्यालय बर्दियाले दिएको जानकारी अनुसार ठाकुरबाबा नगरपालिका -७ सुन्दरपुरमा श्रेष्ठ सडक दुर्घटनामा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार ठाकुरबाबा नगरपालिका -७ बस्ने ज्ञानेन्द्र बहादुर खड्काले चलाएको भे.१२ प.४५६९ नम्बरको मोटरसाइकल र नेकपा एमालेको तर्फबाट ठाकुरबाबा नगरपालिकाको नगरप्रमुख (मेयर)को उम्मेदवार श्रेष्ठले चलाएको भे.६प.५५९८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको सूचना प्रहरीलाई प्राप्त भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.