मोटरसाइकल दुर्घटनामा एमालेका मेयर पदका उम्मेदवार घाइते
बर्दिया। बर्दियामा माेटरसाइकल दुर्घटना हुँदा एमालेका मेयर पदका उम्मेदवार घाइते भएका छन्। बर्दिया ठाकुर बाबा नगरपालिकामा दुई वटा मोटरसाइकल एकआपसमा जुध्दा एमालेका मेयर पदका उम्मेदवार घन नारायण श्रेष्ठ घाइते भएका हुन्।
भे. १२.प.४५६९ नम्बरको मोटरसाईकल र भे.६.प.५५९८ नम्बरको मोटरसाईकल गए राती १ बजे तिर दुर्घटनामा परेको थियो। उक्त दुर्घटनमा पर्दा ममर्चैया बस्ने ठाकुर बाबा नगरपालिकाका पुर्व मेयर तथा हाल नेकपा (एमाले)बाट मेयर पदका उम्मेदवार श्रेष्ठ घाइते भएको प्रहरी नायव उपरीक्षक प्रकास सापकोटाले जानकारी दिए।
दुर्घटनामा घाइते भएका श्रेष्ठलाई उपचारका लागि नेपालगंज मेडिकल कलेज कोहलपुर लगिएको थियो। श्रेष्ठको थप उपचारको लागि काठमाडौँ लगिएको प्रहरी नायव उपरीक्षक सापकोटाले बताए।
भे.१२.प.४५६९ नम्बरको मोटरसाईकल चालक जिल्ला बर्दिया ठाकुरबाबा नगरपालिका -०७ बस्ने ज्ञानेन्द्र बहादुर खड्कालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडी बढाईएको प्रहरीले जनाएको छ।







डिसी नेपाल








Facebook Comment