नेपाली सेनाले सफा हिमाल अभियान अन्तर्गत जम्मा गर्याे साढे १३ हजार केजीभन्दा बढी फोहोर
काठमाडौं। नेपाली सेनाले चार वटा हिमालबाट १३ हजार ७८१ केजी फोहोर संकलन गरेको छ। जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उदेश्यले सेनाले चैत २२ गतेबाट सुरु गरेको ‘सफा हिमाल अभियान २०२२’ अन्तर्गत उक्त फोहोर संकलन गरेको हो।

सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मनास्लु हिमाल क्षेत्रबाट उक्त फोहोर संकलन गरिएको सेनाले जनाएको छ। सेनाका अनुसार सगरमाथा\ल्होत्से हिमालबाट ४ हजार ९६८ केजी, कञ्चनजङ्गा हिमालबाट ५ हजार ९८९ केजी र मनास्लु हिमालबाट २ हजार ८६४ केजी फोहोर संकलन गरिएको छ।

संकलन गरिएको फोहोरमध्ये १ हजार ५१३ केजी सड्ने खालको रहेको छ भने १२ हजार २६८ केजी नकुहिने खालको रहेको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment