ओलीको चुनावी दौडधुप : गृह प्रदेशको चार कार्यक्रमलाई सम्बोधन गर्दै

डिसी नेपाल
२४ वैशाख २०७९ ८:४६
104
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज एकै दिन प्रदेश १ को चार स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्दैछन्। मोरङको विराट चोक, सुनसरीको धरान, इटहरी र इनरुवामा हुने चुनावी सभालाई सम्बोधन गर्ने ओलीका प्रेस संयोजक रामशरण बजगाईले जानकारी दिए।

यसअघि प्रदेश १ कै झापाको विभिन्न स्थानमा भएका चुनावी सभालाई ओलीले सम्बोधन गरिसकेका छन्। आइतबार भने उनी राजनीतिक रूपमा चर्चित रहेको चितवनको भरतपुर महानगरपालिकामा आयोजना हुने चुनावी सभामा ओली सहभागी हुने कार्यतालिका छ। त्यसपछि भने उनी रुपन्देहीको बुटवल जानेछन्।

निर्वाचनमा प्रचार गर्ने केही दिन मात्र बाँकी रहेको बेला अध्यक्ष ओली चुनावी दौडधुप बढेको छ। उनले स्थानीय तहमा फेरि पहिलो दल हुने दाबी गर्दै आएका छन् । विकास र समृद्धिका लागि भन्दै चुनावी सभालाई सम्बोधनको क्रममा जनतासँग मत माग्ने गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.