चुनाव प्रचारमा हिँडेका एक जनाको गाडीबाट लडेर मृत्यु

डिसी नेपाल
२४ वैशाख २०७९ १८:२६
592
Shares

सल्यान । नेपाली कांग्रेस पार्टीको प्रचारप्रसारमा हिँडेका एक युवकको गाडीको छतबाट खसेर मृत्यु भएको छ ।

कालीमाटी गाउँपालिका-२ दानिगौरा निवासी १८ वर्षीय खुमराज थापा मगरको गाडीको छतबाट खसेर मृत्यु भएको हो ।

कांग्रेसबाट कालीमाटी गाउँपालिका–२ को वडाध्यक्षका उम्मेदवार सवार लु१ज ४५९९ नम्बरको जिपको छतबाट खसेका थापाको टाउकामा गम्भीर चोट लागेको र उपचारका लागि तुल्सीपुरमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाडी चालक दाङ जिल्ला बबई गाउँपालिका- २ का खुमबहादुर छन्तेललाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.