मितेरी डेभलपमेन्ट बैंकको ७२ हजार ८९८ कित्ता संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
२५ वैशाख २०७९ ११:००
40
Shares

काठमाडौँ। मितेरी डेभलपमेन्ट बैंकले ७२ हजार ८९८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले दुई संस्थापक सेयरधनीको सेयर बिक्रीमा ल्याएको हो।

बैंकले संस्थापक सेयरधनी राजीव भट्टराईको नाममा रहेको ४३ हजार ७४० कित्ता र अनिल अग्रवालको नाममा रहेको २९ हजार १५८ कित्ता सेयर बिक्रीमा ल्याएको हो।

बैंकको उक्त सेयरमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउने छन्।  सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको प्रधान कार्यालय, महेन्द्रपथ धरानमा पुग्ने गरी आवेदन दिनुपर्नेछ। तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा प्रचलित कानून बमोजिम अन्य व्यक्ति तथा संस्थाहरुमा उक्त शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *