भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार
सांकेतिक तस्विर
भोजपुर।भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ।षडानन्द नगरपालिका–१० साङपाङका वडा सदस्यका उम्मेदवार अमिता तामाङमाथि गए राति १० बजे अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
खुकुरी प्रहारबाट घाइते भएकी तामाङको टाउकोमा चारवटा टाँका लगाएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । घाइते तामाङको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment