स्रोत नखुलेको आठ लाख भारतीय रुपैयाँसहित महिला पक्राउ

डिसी नेपाल
२५ वैशाख २०७९ १३:१९
68
Shares

मोरङ।  प्रहरीले विराटनगरबाट स्रोत नखुलेको ८ लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत घर भएकी ३० वर्षीया मुन्नी देबी सहनी रहेकी छन्।

उनलाई शुक्रबार  विराटनगर महानगरपालिका–१५ बाट स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई शंका लागी ईलाका प्रहरी कार्यालय रानी (सिमा) कार्यालयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी पठाइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *