सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

डिसी नेपाल
२५ वैशाख २०७९ १६:०६
136
Shares

सुनसरी।सुनसरीको कोशी गाँउपालिका–३ जमुवा चोकमा आज ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा सोही गाँउपालिका ५ बस्ने ३० वर्षीय ईस्राफिल आलम रहेका छन् । ट्रकको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको हो ।

प्रदेश २–०३–००१ ख २७२४ नम्बरको ट्रकले को १९ प ३८७३ नम्बरको मोटरसाइकललाई आज दिउँसो सवा १२ बजे ठक्कर दिएको थियो ।दुर्घटनामा संलग्न ट्रक सहित चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.