सिटीलाई तीन अंकको अग्रता, आर्सनलको लय कायमै

डिसी नेपाल
२६ वैशाख २०७९ ७:४८
44
Shares

काठमाडौं। न्युकासल युनाइटेडलाई ५-० गोल अन्तरले पराजित गरेसँगै इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले तीन अंकको अग्रता बनाएको छ। आइतबार राति घरेलु मैदान इतिहादमा सिटीलाई जित दिलाउन रहिम स्ट्रर्लिङले दुई तथा एम्रीक लापोर्ट, रोड्री र फिल फोडेनले एक-एक गोल गरे।

अघिल्लो रात दोस्रो स्थानको लिभरपुल टोटनहमसँग बराबरीमा रोकिएपछि सिटीलाई अग्रता लिने अवसर थियो। जहाँ सिटी सफल समेत रह्यो। जितसँगै सिटीले ३५ खेलबाट ८६ अंक जोडेको छ र शीर्ष स्थानमा छ । न्युकासल ४३ अंक जोडेर १३ औं स्थानमा छ । दोस्रो स्थानको लिभरपुलको ८३ अंक छ।

आइतबार नै भएको अर्को खेलमा आर्सनलले लिड्स युनाईटेडलाई २-१ गोल अन्तरले हराउदै यूइएफए च्याम्पियन्स लिग नजिक रहेको छ। आर्सनलको जितमा एडी एनकेटियाले दुई गोल गरे । लिड्सका डिएगो लोरेन्टले सान्त्वना गो गरे।

जितसँगै आर्सनल शीर्ष चारमा रहेर च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना बलियो बनाएको हो । आर्सनल ३५ खेलबाट ६६ अंक जोडेर चौंथो स्थानमा छ। पराजित लिड्स ३४ अंक साथ रेलिगेशन क्षेत्रमा झरेको छ।

अन्य खेलमा एभर्टनले लेस्टर सिटीलाई २-१ अन्तरले हराउदै रेलिगेशन क्षेत्र बाहिर निस्किएको छ । यस्तै वेस्ट ह्यामले नर्विच सिटीलाई ४-० अन्तरले हरायो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *