स्थानीय तह निर्वाचन : वीरगञ्ज महानगरपालिकामा त्रिपक्षीय भीडन्त

डिसी नेपाल
२७ वैशाख २०७९ ७:५९
60
Shares

काठमाडौं। मंगलबार रातिबाट मौन अवधि सुरु हुनै लाग्दा मुुलुकको औद्योगिक नगरी वीरगञ्जको चुनावी माहोल निकै तातेको छ। वीरगञ्ज महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका रहेको पर्सा जिल्लामा चुनावी माहोल निकै तातेको छ।

मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जमा त्रिपक्षीय भीडन्त हुने भएको छ। यहाँ गठबन्धनबाट साझा उम्मेदवार बनेको राजेशमान सिंह, नेकपा एमालेका उम्मेदवार विजय सरावगी र राप्रपा उम्मेदवार गिरिश गिरीबीच प्रतिश्पर्धा हुने छ।

जसपाबाट गठबन्धनका साझा उम्मदेवार बनेका सिंह र एमालेबाट उम्मेदवार बनेको वर्तमान मेयर सरावगीबीच मुख्य प्रतिश्पर्धा भएपनि राप्रपाबाट उम्मेदवार बनेका गिरीले सिंह र सरावगीलाई टक्कर दिने अनुमान गरिएको छ। अघिल्लो निर्वाचनमा जसपाबाट सरावगी मेयरमा निर्वाचित भएका थिए। उनी यो पटक एमालेबाट मेयरका उम्मेदवार बनेका छन्।

पर्सामा पर्सामा कूल ६०२ पदका लागि तीन हजार २९७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जिल्लाका विभिन्न पालिकामा १६ दलको तर्फबाट उम्मेदवारी परेको छ। स्वतन्त्र उम्मेदवारको सङ्ख्या कम रहेको छ।

विसं २०७४ निर्वाचनपछि जिल्लामा ५७ हजार ६२४ मतदाता थपिएका छन्। हाल एक लाख ४८ हजार २८३ महिला र एक लाख ९१ हजार ५३७ पूरुष र १६ अन्य गरी तीन लाख ३९ हजार ८३६ मतदाता छन्। विसं २०७४ मा एक लाख २० हजार ९११ महिला, एक लाख ५९ हजार २८६ पुरुष र १५ अन्य गरी कूल दुई लाख ८० हजार २१२ मतदाता थिए ।

विसं २०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा ८१ प्रतिशत मतदान भएको थियो भने ०.४० प्रतिशत मत बदर भएको थियो । जिल्लामा आशन्न स्थानीय तहको निर्वाचनमा एक ६७ वटा मतदातस्थल र ४०४ मतदान केन्द्र निर्धारण गरिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.