पालुङटारमा जसपाको एमालेसँग तालमेल

डिसी नेपाल
२७ वैशाख २०७९ १५:५७
100
Shares

गोरखा।सत्ता पक्षीय पाँच दलीय गठबन्धन तोड्दै जनता समाजवादी पार्टीले गोरखा पालुङटार नगरपालिकामा नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ । यहाँ नगर प्रमुख पदमा नेकपा एमालेले जनता समाजवादी पार्टीलाई सहयोग गर्ने भएको छ भने उपप्रमुख पदमा जनता समाजवादी पार्टीले नेकपा एमालेको उम्मेदवारलाई सहयोग गर्ने निर्णय भएको छ ।

नेकपा एमाले र जनता समाजवादीले मंगलबार संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै एक आपसमा सहयोग गर्ने उल्लेख गरेका छन् । विज्ञप्तीअनुसार वाडा नम्बर ६, ७ र १० मा नेकपा एमालेलाई सहयोग गर्ने र वडा नम्बर ४ र ५ मा जनता समाजवदीलाई सघाउने छन् । साथै, जिल्लाको अन्य पालिका र वडामा पनि एकआपसमा सहमति गरी निर्वाचनमा जाने निर्णय भएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.