कैलालीका १३ वटै मतगणना स्थलमा सीसी क्यामरा जडान गरिने

डिसी नेपाल
२९ वैशाख २०७९ ८:३२
64
Shares

धनगढी। कैलालीका १३ वटै पालिकास्थित मतगणना स्थलमा सीसी टिभी क्यामरा जडान गरिने भएको छ। मतगणना स्थलको सुरक्षा र विश्वसनियतालाई ख्याल गरेर सीसी क्यामरा जडान गरिन थालिएको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले जानकारी दिए।

उनका अनुसार धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका लगायत केही स्थानमा क्यामरा जडान भइसकेको छ। केही पालिकाको मतगणना स्थलमा क्यामरा जडान गर्ने तयारी गरिएको उनले बताए।

‘सबै राजनीतिक दल, उम्मेदवार र सरोकारवालाको सहकार्यमा मतगणना स्थलमा क्यामरा जडान गर्ने कार्य गरिरहेका छौं,’ भट्टले भने, ‘क्यामरा जडानपछि सहज हुनेछ।’

उनले कैलालीका सबै ठाउँमा निर्वाचको तयारी अन्तिम चरणमा पुगेको बताए। सबै मतदान स्थलमा मतदान अधिकृत सहित निर्वाचन सामग्री पुगिसकेको छ।

कैलालीमा २ सय ३६ मतदान स्थल तोकिएकामा ६ सय १९ मतदान केन्द्र राखिएका छन्। ती केन्द्रमा ३ हजार ९४ कर्मचारी खटाइएका छन्। ५२ मतदान स्थल सुरक्षाका दृष्टिले अति संवेदनशील सूचीमा राखिएकाे छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *