भोट हालेर फर्कने क्रममा मृत्यु
बैतडी। बैतडीमा मतदान गरेर फर्कने क्रममा एक वृद्धको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका ३ स्थित सनातन धर्म मावि श्रीकोट मतदान केन्द्रमा भोट हालेर फर्कने क्रममा दोगडाकेदार ३ कफल्टाका ८४ बर्षीय हरिसिंह भाटको मृत्यु भएको प्रहरीले जनाएको छ।
भोट हालेर फर्कने क्रममा एक्कासी मतदान केन्द्रमै ढलेका भाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । मतदान केन्द्रमै ढलेका भाटलाई तत्कालै श्रीकोट स्वास्थ्यचौकी पुर्याएकाे भए पनि उनको बाटोमै मृत्यु भएको जोशीले बताए।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment