झापामा ६५ प्रतिशत मत खस्यो

डिसी नेपाल
३० वैशाख २०७९ २०:४५

झापा । झापामा ६५ प्रतिशत मत खसेको छ । झापाको १५ वटा स्थानीय तहमा भएको मतदानमा ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

६ लाख ४६ हजार २३४ जना मतदातामध्ये ४ लाख २० हजारले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले जानकारी दिए । ‘अहिलेको आँकडा ६५ प्रतिशत खस्यो भन्ने हो । तर, हामी क्याल्कुलेसन गर्दैछौँ । यो डाटा केही बढ्न सक्छ,’ उनले भने ।

झापामा शान्तिपूणर् रूपमा निर्वाचन सम्पन्न भएको छ । १५ वटै पालिकामा आजै रातिबाट मत गणना गर्ने तयारी भएको उनले बताए । यसका लागि अहिले नै सबै पालिकामा सर्वदलीय बैठक बोलाइएको छ । कतिपय पालिकामा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयसम्म आउने क्रममा पनि छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *