रसुवामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

डिसी नेपाल
२ जेठ २०७९ १०:३३
44
Shares

रसुवा। रसुवाको उत्तरगया गाउँपालिका–५ नौबिसेमा गएराती मोटरसाइकल दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सोही गाउँपालीका–१ का ४० वर्षीय राम तामाङ र मोटरसाइकलमा पछाडी सवार नुवाकोटको बिदुर नगरपालीका १० बेत्रावतीकी ४३ वर्षीया पम्फा तामाङ रहेकी छिन्। दुबै जनाको घटनास्थलमै मृत्यु भएको हो।

बेत्रावतीबाट खाल्टेतर्फ जादै गरेको बा ९६ प २०९४ नम्बरको मोटरसाइकल गएराती सवा १२ बजे अनियनित्रत भइ पल्टिएको प्रहरी चौकी बेत्रावतीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.