रसुवामा २६ वडाको मतगणना सम्पन्नः कांग्रेस र एमाले १२/१२ मा विजयी, दुई वडामा माओवादी केन्द्र

डिसी नेपाल
२ जेठ २०७९ २०:४४

रसुवा । पाँच वटा गाउँपालिका रहेको रसुवामा २७ वटा वडा रहेका छन् । जसमध्ये २६ वटा वडाको मतगणना सकिएको छ ।

उत्तरगया गाउँपालिकाको ५ वटा वडा, कालिका गाउँपालिकाको ५ वडा, गोसाईंकुण्ड गाउँपालिकाको ६ वडा, आमाछोदिङ्मो गाउँपालिकाको ५ वडा र नौकुण्ड गाउँपालिकाको ५ वडाको मतगणनाको नतिजा आइसकेको छ ।

जसमा एमालेले १२, कांग्रेसले १२ र माओवादीले दुई वडाध्यक्ष पद जितेको छ । नेकपा एमालेले उत्तरगयाको १, २ र ३, गोसाईंकुण्डको १, ३, ५ र ६, आमाछोदिङ्मोको १, ३ र ४ र नौकुण्डको २ र ३ नम्बर वडा जितेको छ ।

यस्तै नेपाली कांग्रेसले कालिकाको २, ३ र ४, ५ नौकुण्डको १, ४ र ५, गोसाईंकुण्डको २ र ४, आमाछोदिङ्मोको २ र ५ तथा उत्तरगयाको ४ नम्बर वडामा विजयी भएको छ ।

नेकपा माओवादी केन्द्रले हालसम्म कालिका १ र उत्तरगया ५ मा जित हासिल गरेको छ । अब नौकुण्ड गाउँपालिका वडा नम्बर ६ को मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *