छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

डिसी नेपाल
३ जेठ २०७९ १२:३३
104
Shares

काठमाडौं। धादिङ, डोटी, चितवन र धनुषमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। धादिङको निलकण्ठ नगरपालिका–८ मा बा.५ ख ७०७३ नम्बरको गाडीले बागमती प्रदेश ०२–०९३ प ३३९४ नम्बरको मोटरसाइकललाई सोमबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक निलकण्ठ नगरपालिका–७ बस्ने २९ वर्षीय अर्जुन पोखरेल रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

डोटीको पुर्वीचौकी गाउँपालिका–४ कोईरीमा सुदूरपश्चिम प्रदेश ०१००२ त ४७९५ नम्बरको ट्रयाक्टरमा जोडीएको ट्रली रोडमा पल्टिँदा सोमबार एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने गोपाल ढोलीको छोरा १४ वर्षीय बिक्रम नेपाली रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका अन्य २९ जनामध्ये २५ जनाको जिल्ला अस्पतालमा र ४ जनालाई थप उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ।

धनुषाको जनकपुर उपमहानगरपालिका–२३ लादोबेलामा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४० वर्षीया शिला देबी दास रहेकी छन्। उनको सोमबार साँझ मृत्यु भएको हो।

चितवनको भरतपुर महानगरपालिका–५ नयनचोकमा ना.६३ प ९३०३ नम्बरको मोटरसाइकले ना.३८ प ७८७६ नम्बरको स्कुटरलाई सोमबार साँझ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्कुटर चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका–१९ बस्ने २० वर्षीय विशेष दाहाल रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *