निर्वाचमा खटिएका सबै प्रहरी कर्मचारी फिर्ता

डिसी नेपाल
३ जेठ २०७९ १४:११
1.8k
Shares

काठमाडौं। स्थानीय तहको निर्वाचमा खटिएका प्रहरी कर्मचारीहरु सबै फिर्ता भएका छन्। निर्वाचन प्रयोजनका लागि प्रहरी प्रधानकार्यालयको आदेशले खटिएका कर्मचारीलाई तुरुन्तै फिर्ता गर्न आदेश जारी भएपछि आजसम्ममा सबै प्रहरी कर्मचारीहरु आफ्नो-आफ्नो कार्यालयमा फिर्ता भएका हुन्।

प्रहरी प्रधान कार्यालय (प्रशासन शाखा) को आदेशले स्थानीय निर्वाचन सुरक्षाको लागि विभिन्न प्रदेश प्रहरी कार्यालय अन्तर्गतमा खटिएका सम्पुर्ण प्रहरी कर्मचारीलाई वैशाख ३१ गते नै फिर्ताका लागि पत्रचार गरिएको थियो।

सो पत्र अनुसार टाढा टाढा खटिएका कर्मचारीहरु आज (वैशाख-३) सबै फिर्ता भएका हुन्। ‘सम्बन्धित कार्यालयमा फिर्ता पठाउन सर्कुलर जारी गरिएको छ उनीहरु आजसम्म हाजिर भैसक्नेछन्’, प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले भने।

साथै पुनः निर्वाचन तथा मतगणना र निर्वाचनको अन्तिम परिमाण, विजेता घोषणा तथा विजयी र्‍याली नसकिदासम्म सम्पूर्ण सुरक्षा व्यवस्थाका लागि सम्बन्धित जिल्ला र प्रदेश अन्तर्गतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई परिचालन गरिएको छ । केी स्थानमा आज पनि मतदान हुँदैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *