सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति ? (सूचीसहित)
काठमाडौं । यातायात व्यवस्था विभागले जेठ ४ गतेबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। विभागले मङ्गलबार सूचना जारी गर्दै सो जानकारी दिएको हो।
विभागले सार्वजनिक यातायातको ३.५ देखि ५.१ प्रतिशतको दरले भाडा वृद्धि गरेको जनाएको छ। जसमा यात्रु वहाक सवारी साधनको भाडामा ३.५, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक सवारीमा ४.६ र तराईका बाटोमा सञ्चालन हुने माल बहाक सवारीको भाडामा ५.१ वृद्धि गरेको छ। यातायातको भाडा वृद्धि गर्नुपर्ने मुख्य कारणमा विभागले डिजेलको मूल्य वृद्धि हुनुलाई जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment