रुकुमपश्चिमको चौरजहारी नगरपालिकामा माओवादीका पुष्प वादी विजयी

डिसी नेपाल
४ जेठ २०७९ १३:३०
56
Shares

सुर्खेत। रुकुमपश्चिमको चौरजहारी नगरपालिकाको मतगणना सम्पन्न भएको छ। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणामबमोजिम नगर प्रमुख र उपप्रमुख पदमा माओवादी केन्द्रका पुष्प वादी र ईश्वरीकुमारी शर्मा विजयी भएका छन्।

कांग्रेस र एमालेको गठबन्धनलाई पराजित गर्दै नगरपालिका प्रमुखमा माओवादीका वादी ६ हजार ८८२ मतसहित प्रमुखमा निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रेमबहादुर वलीले ६३११ मत पाए।

उपप्रमुखमा माओवादीकी ईश्वरी शर्मा सात हजार दुई मतसहित निर्वाचित भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार टंकप्रसाद ओलीले पाँच हजार ७४४ मत प्राप्त गरेका छन् ।

१४ वटा वडा रहेको नगरपालिकामा ११ वटा वडाका वडाध्यक्ष पदमा माओवादी र तीन वडाका कांग्रेस विजयी भएकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *