नेपाली टी–२० लिग असोज कात्तिकमा हुने

डिसी नेपाल
४ जेठ २०७९ १५:१५
80
Shares

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले होम एण्ड अवेका आधारमा नेपाल टी–२० लिग गर्ने गरी मिति घोषणा गरेको छ। काठमाडौंको एक होटलमा भब्य कार्यक्रमकबीच क्यानले मिति घोषणा गरेको हो। प्रतियोगिता ८ असोजमा सुरु भई ५ कात्तिकमा समापन हुनेछ।

खेलका लागि क्यानले भारतीय कम्पनी सेभेट थ्री स्पोर्टस्सँग कमर्सियल पार्टनरको रुपमा सम्झौता गरेको छ। घोषणासँगै नेपाली क्रिकेट नयाँ आयमतर्फ बढेको क्यानका कार्यवहाक सचिव प्रशान्त विक्रम मल्लले जनाए।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले संघका आधिकारिक लिगको मिति र प्रतियोगिता घोषणा गर्न पाउँदा खुसी लागेकाे बताए। प्रतियोगिता कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुनेछ। प्रतियोगिता होम एण्ड अवेका आधारमा हुने चन्दले बताए।

यस्तै, प्रतियोगितासँगै क्यान आर्थिक रुपमा बलियो हुने उनले बताए। टिमको नाम र घोषणा १५ दिनपछि गर्ने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *