पालुङटारको मेयर र उपमेयरमा माओवादी विजयी
काठमाडाैं। नेकपा माओवादी केन्द्रले गोरखाको पालुङटार नगरपालिकाको मेयर र उपमेयर जितेको छ। मेयरमा माओवादी उम्मेदवार विवस चिन्तन निर्वाचित भए। उनले ६०७२ मत ल्याएका छन्।
यहाँ जनता समाजवादी पार्टीका मेयर उम्मेदवार प्रेमबहादुर गुरूङ पराजित भए। उनले ५७१७ मत ल्याएका छन्। नेपाली कांग्रेसका मेयर उम्मेदवार दीपकबाबु कँडेलले जम्मा ४९९७ मत मात्रै ल्याएका छन्। उनी निवर्तमान मेयर हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment