लालबन्दीमा कांग्रेस विजयी, गठबन्धन तेस्रो स्थानमा

डिसी नेपाल
५ जेठ २०७९ १०:३४
336
Shares

सर्लाही। सर्लाहीको लालबन्दीमा एमालेलाई पाखा लगाउँदै नेपाली कांग्रेसले बाजी मारेको छ। गठवन्धनका उम्मेदवार तेस्रो स्थानमा पुगेका छन्। मेयरमा कांग्रेसका बासुदेव अधिकारी १ हजार ६७८ मतान्तरले विजयी भएका हुन् ।

उनले ९ हजार ५६१ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका गोविन्दबहादुर महतले ७ हजार ८८३ मत मात्र पाए। उपमेयरमा कांग्रेसकै कल्पना माया पाख्रिन ६७१ मतान्तरको विजयी भएकी हुन् । उनले ८ हजार ८५० मत पाउदा प्रतिस्पर्धी एमालेकी सन्सरीमाया थिङले ८ हजार १५९ मतमात्र प्राप्त गरिन्।

माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन बनेको थियो। तर, गठबन्धनका उम्मेदवार तेस्रोमा झरेका छन्। माओवादीबाट मेयरका उम्मेदवार प्रल्हादकुमार बुडाथोकीले ६ हनार १७५ र एकीकृत समाजवादीबाट उपमेयरका उम्मेदवार गोविन्दप्रसाद अधिकारीले ३ हजार ६४१ मत प्राप्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.