सशस्त्र प्रहरीको दश बुँदे निर्देशन बाहिरिदा आइजीपी अर्याललाई तनाव !
काठमाडौं ।सशस्त्र प्रहरी बलमा नयाँ आइजीपी आएपछि पहिलो पटक बसेको पीसिसी बैठकले १० बुँदे निर्णय गरेको थियो । निर्णय सशस्त्र प्रहरी बलमा आवद्ध रहेका कर्मचारीको जीवन वृत्ति विकासमा सहयोग पुग्ने गरेको १० बुँदे निर्णय बाहिरिएपछि शशस्त्र मुख्यालयमा तरंग आएको छ ।
बुधबार बसेको पीसिसी बैठकले गरेका निर्णयहरु एक्कासी सक्कलप्रतिसहित बाहिरिदा विहिबार दिनभर सशस्त्र मूख्यालयभित्र हलचल मच्चिएको थियो । सशस्त्र प्रहरी प्रवक्ताको ‘कोट’मै गोप्य भनिएको निर्णय बाहिरिएपछि विहिबार आइजीपी सचिवालदेखि प्रशासन शाखामा कार्यरत कर्मचारीहरु समेत तनावमा परेका थिए । आइजीपी सचिवालयका एक अधिकारीले भने, ‘यसको गम्भीर छानवीन हुँदैछ कार्यान्वयनको चरणमा नभएको प्रस्तावमात्रै भएको विषय कसरी बाहिर आयो भन्ने बारेमा हामीले शंका लागेका सबैलाई अनुसन्धानको दायरमा ल्याएका छौ ।’
बुधबार बसेको बैठकले सशस्त्र कर्मचारीलगायत उनीहरुको परिवारका साथै उनीहरुको जीवनवृत्तिको विकासका लागि विभिन्न निर्णयहरु गरी कार्यान्वयन गर्नका लागि निर्देशन समेत दिएको थियो । जसअनुसार जुनियर अधिकृत तथा बिल्लादारलगायतलाई विभिन्न प्रमाणपत्र उपलब्ध गराउने, सशस्त्र प्रहरी कर्मचारीको बृहत्तर सुविधानलाई ध्यानमा राख्दै विभिन्न सेवाहरु प्रदान गर्ने, सशस्त्रका परिचरहरुलाई जवान सरहको फ्रिस्केलका सामानलगायतका, पोशाकलगायतको सुविधा दिने लगायतको निर्णयहरु गरेको थियो । तर सबै विषयहरु बाहिरिएपछि आइजीपी राजु अर्याल समेत तनावमा परेका थिए । उनले प्रहरी प्रवक्ता डिआइजी विदुर खड्का, प्रशासन विभागमा कार्यरत अधिकारीहरुलाई समेत बोलाएर अब देखि यस्ता निर्णयहरु हस्ताक्षरसहित बाहिरिए कारवाही गर्ने चेतावनी समेत दिएका थिए ।







डिसी नेपाल








Facebook Comment