राजविराज नगरपालिकामा जसपा विजयी

डिसी नेपाल
६ जेठ २०७९ ६:०७
24
Shares

सप्तरी। राजविराज नगरपालिका मेयरमा जनता समाजवादी पार्टीका भीमराज यादव निर्वाचित भएका छन्।

यादव ९ हजार ५४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका शम्भु यादवले ४ हजार ७ सय १८ मत प्राप्त गरे।

उपमेयरमा जसपाकै इसरत प्रविण ६ हजार ७ सय ९६ मत प्राप्त गरी निर्वाचित भइन् । उनका प्रतिस्पर्धी सुशीला यादवले ४ हजार २ सय ३० मत प्राप्त गरिन् ।इसरत राजविराज नगरपालिकाको मुस्लिम समुदायको पहिलो उपमेयर हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.