इंग्लिस प्रिमियर लिग: चेल्सी लेस्टरसँग रोकियो
काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीवार राति भएको खेलमा चेल्सीले लेस्टर सिटीसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रीजमा चेल्सीले पुनरागमन गरेको हो । लेस्टरका जेम्स म्याडिसानले गोल गर्दै छैटौं मिनेटमा अग्रता लिए।
चेल्सीका मार्कोस एलोन्सोले गोल गर्दै ३४औं मिनेट खेल १-१ को स्थितिमा ल्याए। बराबरिसंगै ३६ खेलबाट ७१ अंक सहित तेस्रो स्थानमा छ। समान खेलबाट ४९ अंक सहित नवौं स्थानमा छ।
अर्को खेलमा क्रिष्टल प्यालेससँग २-० ले पछि परेको स्थिति उल्टाउँदै ३-२ को जित निकालेर एक खेक बाँकी रहदै एभर्टनले इंग्लिस प्रिमियर लिगको हैसियत कायम राखेको हो ।
जितसंगै एभर्टन ३७ खेलबाट ३९ अंक सहित १६औं स्थानमा छ। प्यालेस ४५ अंक सहित १३औं स्थानमा छ। एभर्टनको जितसंगै अब अन्तिम खेलबाट एक टिमको रेलिगेशन पक्का हुनेछ । अब वर्नली र लिड्स युनाइटेड मध्य एक दोस्रो डिभिजनमा घटुवा हुनेछन्।
यस अघिनै वाटफोर्ड र नर्विच रेलिगेशनमा परिसकेका छ ।







डिसी नेपाल







Facebook Comment