पनौतीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

डिसी नेपाल
६ जेठ २०७९ १०:०२
104
Shares

काठमाडौं। काभ्रेको पनौती नगरपालिका मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी भएको छ।

कांग्रेसका रामशरण भण्डारी १४ हजार ५० मतसहित मेयरमा विजयी भए। निकटतम प्रतिद्वन्द्वी एमालेका भीम न्यौपानेले ११ हजार ७८३ मत पाए। यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो।

उमपेयरमा एमालेकी गीता बन्जारा १२ हजार ३३७ मतसहित विजयी भएकी छन्। निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका छवीलाल हुमागाईँले १० हजार ३८८ मत मात्र पाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.