पनौतीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
काठमाडौं। काभ्रेको पनौती नगरपालिका मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी भएको छ।
कांग्रेसका रामशरण भण्डारी १४ हजार ५० मतसहित मेयरमा विजयी भए। निकटतम प्रतिद्वन्द्वी एमालेका भीम न्यौपानेले ११ हजार ७८३ मत पाए। यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो।
उमपेयरमा एमालेकी गीता बन्जारा १२ हजार ३३७ मतसहित विजयी भएकी छन्। निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका छवीलाल हुमागाईँले १० हजार ३८८ मत मात्र पाए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment