नेपाली चलचित्रका १० नयाँ अभिनेत्री (भिडियो रिपोर्ट)

डिसी नेपाल
५ पुष २०७५ ९:५९

काठमाडौँ। यो वर्ष धेरै नेपाली अभिनेत्री नेपाली चलचित्र क्षेत्रमा भित्रिएका छन्। प्रस्तुत छ १० नयाँ अभिनेत्रीको बारेमा छोटो चर्चा।

सुरुमा चर्चा गरौँ कामना भुजेलको। गत असोजमा रिलिज भएको चलचित्र ‘छिरिङ’बाट नेपाली चलचित्रमा डेब्यु गरेकी नायिका हुन् भुजेल। धरानकी कामना एक स्थापित मोडेल हुन्। उनले फिल्ममा यश कुमार र निमा रुम्बासँग जोडी बाँधेकी छिन्।

त्यस्तै अर्की अभिनेत्री हुन् उपासना सिंह ठकुरी। उपासना चलचित्र ‘क्याप्टेन’मा अनमोल केसीको जोडी भएर प्रस्तुत भएकी छिन्। उनले सामाजिक सञ्जालमा सेयर गरेको एउटा फोटोको कारणले नै उनले सो फिल्ममा रोल पाएकी थिइन। त्यस्तै चलचित्र ‘क्याप्टेन’बाट नै नेपाली फिल्ममा भित्रिन लागेकी अर्की अभिनेत्री हुन् प्रियङ्का एमभी। दक्षिण भारतीय बाबु र नेपाली आमाकी छोरी प्रियङ्काको छुटै खालको सुन्दरता देखिएको छ।

पूरा जानकारी भिडियो रिपोर्टमा हेर्नुहोस।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *