आज भलिबल दिवस, विभिन्न कार्यक्रम हुँदै

डिसी नेपाल
८ जेठ २०७९ १०:१४
52
Shares

काठमाडौं। राष्ट्रिय खेल भलिबल घोषणा भएको आज पाँच वर्ष पुगेको छ। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वकाे सरकारले २०७४ साल ८ जेठ गते नेपालको राष्ट्रिय खेल भलिबल घोषणा गरेको थियो।

त्यसयता नेपाल भलिबल संघ, भलिबल क्लब र एकेडेमीका रुपमा रहेका संघ संस्थाले विभिन्न कार्यक्रम आयाेजना गरी यो दिनलाई भलिबल दिवस बनाउदै आएका छन्।

आज जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले खेलकुद पत्रकारसहित भलिबलमा क्रियाशिल ब्यक्तिबीच मैत्रीपूर्ण खेल आयोजना गर्दै भलिबल दिवस मनाउने भएको छ।

यता, न्यु डायमन्ड एकेडेमीले पुरानो नैकापमा साँझ त्रिभुवन आर्मी क्लबसँग खेल्दै दिवस मनाउने योजना बनाएको छ। नेपाल भलिबल संघका सदस्य तथा पूर्व खेलाडी भरत शाह भलिबललाई व्यवस्थित, विस्तार र भलिबल खेलको पूर्वाधारमा सहयोग गर्न सरोकारवाला निकायले सहयोग गर्नुपर्ने बताउँछन्।

‘हामी विस्तारै व्यवसायिक हुँदै छाैँ। यसलाई अझै विस्तार गर्न सरोकारवाला निकायले सहयोग गर्नुपर्छ। संघ एक्लैले केही गर्न सक्दैन’, उनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *