एन्फा निर्वाचनः आज मनोनयनको अन्तिम दिन
काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा)को आगमी असार ६ गते हुने केन्द्रीय निर्वाचनका लागि मनोनयनको आज अन्तिम दिन रहेको छ।एन्फा निर्वाचन समितिका अनुसार बिहीबार दिन भरिसम्म आफ्नो उम्मेदवारको आफ्नो मनोनयन दर्ता गराउन सक्नेछन् । निर्वाचनमा उम्मेदवारी दिन समितिले ६ दिनको समय मनोनयनको लागि दिएको थियो ।
आगामी असार ६ गते हुने निर्वाचनले २१ सदस्यीय कार्यसमिति निर्वाचित हुँनेछन् । उक्त निर्वाचनले एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष र दुई महिला सहित १५ जना सदस्य चयन गर्नेछ। नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङले प्यानल सहित उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment