पुजा गर्दा कहिल्यै नजलाउनुहोस् अगरबत्ती, लाग्छ पितृदोष!
काठमाडौं । पुजा गर्ने भन्ने बितिकै हामी धूप, अक्षता, कुमकुम, चन्दनलाई सम्झन्छौं । धूप नबाली त हामी पुजा नै गर्दैनौं । पुजा गर्दा धूप बाल्नु राम्रो पनि मानिन्छ किन भने धूपको धूँवाले घरमा भएको नकारात्मक ऊर्जालाई नष्ट गरिदिन्छ भन्ने मान्यता रहिआएको छ । धूपको धूँवाले वातावरण पवित्र र शुद्ध हुन्छ । त्यसैले हामी घरमा बिहान बेलुकी घूप बाल्ने गर्दछौं । तर घरमा पुजा गर्दा अगरबत्ती धूप बाल्नु शुभ मानिदैंन । अगरबत्ती वा भनौं स्टिक धूप बाल्दा पितृदोष हुने र धेरै हानी नोक्सान गर्ने धार्मिक विश्वास रहिआएको छ ।
स्टिक धूप वा अगरबत्ती बाल्नु किन अशुभ ?:
वास्तुशास्त्रमा बाँसलाई निकै शुभ मानिएको छ । यो बिरुवा घर र अफिसमा राख्नाले सकारात्मकता र प्रगति हुन्छ। धेरै प्रकारका वास्तु दोष हटाउन बाँसको बिरुवा राख्ने गरिन्छ । यस्तो शुभ चिजलाई जलाउनु ठीक होइन भन्ने वास्तुशास्त्रीहरुको भनाई छ । अगरबत्ती बनाउन बाँसको काठ प्रयोग हुने भएकाले धूप बाल्नु पनि अनुपयुक्त हुन्छ भनिन्छ ।
बाँसलाई वंशको प्रतीक मानिन्छ। यस्तो अवस्थामा आफ्नै हातले बाँस जलाउनु भनेको आफ्नो पारिवारिक वंशलाई हानी पुर्याउनु जस्तै हो। हिन्दूधर्ममा दाहसंस्कारका लागि अर्थी तयार गर्दा बाँसको प्रयोग गरिन्छ तर चिता बाल्दा अन्य काठको प्रयोग गरिन्छ। त्यसैले बाँसलाई कहिल्यै जलाउँदैनन् । बाँस जलाउँदा पितृदोष हुन्छ ।
बाँस जलाउँदा खतरनाक विषाक्त भारी धातुहरू पनि जलाउँछ, जसले वातावरण दूषित गर्दछ। यस्तो अवस्थामा बाँसको काठमा कैयौं प्रकारका केमिकलको तह लगाएर बनाइएको अगरबत्ती जलाउनु झनै खतरनाक सावित हुन सक्छ ।
त्यो बाँसको काठलाई हामी दिनहुँ धूपमा जलाउँछौं, जसलाई जलाउन शास्त्रमा निषेध गरिएको छ। फेंगशुईका अनुसार बाँस जलाउँदा मानिसको भाग्य नष्ट हुन्छ । किनभने बाँसको बोटलाई सौभाग्यको प्रतिक पनि मानिन्छ ।
पुजा गर्दा धूप नबाल्नु भनेको होइन । धूप बाल्दा बाँसको प्रयोग नभएका धूपहरु बजारमा प्रसस्त मात्रामा पाउँछौ । त्यस प्रकारका धूप हामीले पुजा गर्दा बाल्दा राम्रो मानिन्छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment