प्रहरी जवानको संलग्नतामा लैनचौरबाट ३५ लाख लुटपाट
सांकेतिक तस्वीर
काठमाडौं। नक्कली सुन देखाएर प्रहरी कर्मचारीकै संलग्नतामा ३५ लाख लुटपाट भएको छ। तीन साता अघि नेपाल प्रहरीमा कार्यरत दुई जवानको संलग्नतामा काठमाडौको लैनचौरबाट ३५ लाख लुटपाट भएको हो। तर प्रहरीले यो घटनालाई बाहिर ल्याउन चाहेको छैन।
नेपाल प्रहरीको संगीत विद्यालयमा कार्यरत रहेका जवानको संलग्नता रहेको खुलिसके पनि प्ररहीले अनुसन्धानकै क्रममा रहेको भन्दै यो घट्नालाई गुपचुप राखिरहेको छ। लुटेरा समूहले सुन व्यापारीलाई आफूसँग एक किलो सुन भएको बताएउदै ३५ लाखमा दिने सहमति गरी लैनचौरमा बोलाएको र पैसा र सुन लिनेदिने क्रममा लुटपाट भएको थियो।
‘लुटेरा समूहले सस्तो मूल्यमा सुन दिन तयार भएको र एक किलो सुनको मूल्य ३५ लाख तय भएपछि व्यापारी सुन लिन लैनचौर पुगेका रहेछन् त्यही क्रममा लुटपाट भएको देखिन्छ’, अनुसन्धानमा संलग्न रहेका एक प्रहरी अधिकारीले भने। लुटपाटमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेको भएपनि प्रहरी कर्मचारी भने फरार रहेको महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतले जनाएको छ।
घटना भएको तीन साता वितिसक्दा पनि प्रहरीले यो विषयलाई किन बाहिर ल्याएको छैन भन्ने बारेमा केही जानकारी नभएको ती अधिकारीले बताएका छन्। ‘नक्कली सुनको फोटोहरु लगायत देखाएर प्रलोभनमा पारिएको रहेछ उनीहरुले ३५ लाख रुपैयाँ लुटेर फरार भएको भन्दै व्यापारी प्रहरीकहाँ आएपछि अनुसन्धान थालिएको हो’, अनुसन्धानमा संलग्न एक प्रहरीले भने।
उनका अनुसार लुटपाटमा संलग्न रहेका प्रहरी कर्मचारीहरुको पनि पहिचान भैसकेको छ। तर पक्राउ भने परेका छैनन्।







डिसी नेपाल








Facebook Comment